मुख्य समाचार | फोटो ग्यालरी | फोटो फिचर |

साताका सात तस्बिर

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन साँझ दिवङ्गत पितृका नाममा दीपदान र चतुदर्शका दिन बिहान शतबीज छरेर मनाइने बालाचतुदर्शी पर्वको अवसरमा बिहीबार साँझ देखिएको पशुपति नाथ मन्दिर क्षेत्र । तस्बिर : सुजन गुरुङ

शिल्पी थिएटरले गर्ने शिल्पी नाट्य यात्रा २०७८ को अवसरमा सोमबार राजधानीको वसन्तपुर दरबार क्षेत्रमा मञ्चन गरिएको ‘ठूला माछा साना माछा’ नामक नाटकमा प्रस्तुति प्रदर्शन गर्दै कलाकार । घिमिरे युवराजको परिकल्पना र निर्देशन बनेको नाटकमा आम सर्वसाधारणका दुःख तथा प्रकृतिको विनाश तथा स्थानीय सरकारले गरेको मनपरी तन्त्रलाई प्रस्तुत गरिएको छ । तस्बिर : सुजन गुरुङ

चितवनमा भएको नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत मतदानका लागि लाइनमा बसेका एमाले केन्द्रीय महाधिवेशन प्रतिनिधि । तस्बिर : सुजन गुरुङ ।

मनाङको मनाङ गाउँमा शुक्रबार परेको हिमपात । तस्बिर सौजन्यः ललिता गुरुङ ।

उपत्यकामा जाडो बढेपछि बसन्तपुर दरबार क्षेत्रमा आगो तापेर बसेका स्थानीय र त्यहाँको चहलपहल । तस्बिर : सुजन गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवालगायत । तस्बिर : विकास द्वारे