मुख्य समाचार | राजनीति |

राप्रपाका निर्वाचित पदाधिकारीको शपथ

काठमाडौं, मङ्सिर १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित नवनिर्वाचित पदाधिकारी एवम् केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा अध्यक्ष लिङ्देनसहित पदाधिकारीले शपथ लिनुभएको हो ।

उपाध्यक्षहरु विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, महामन्त्रीहरु धवल शमशेर राणा, भुवन पाठक र कुन्ती शाहीले शपथ लिनुभएको हो । सँगै समारोहमा अन्य केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राप्रपा केन्द्रीय कार्य समितिमा एक सय ९९ केन्द्रीय सदस्य रहने जनाइएको छ । जसमा, नवनिर्वाचित अध्यक्षले ५० जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको राप्रपा निर्वाचन समितिले जनाएको छ।

मङ्सिर १५ गते बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन आइतबार अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै समापन हुँदैछ।