महाधिवेशन समयमै सम्पन्न गर्न सक्रियता बढाउन सभापति देउवाको निर्देशन
काठमाडौं, मंसिर २० गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं केन्द्रीय महाधिवेशनका लागि गठन भएको विभिन्न समितिका संयोजकहरुलाई सक्रियता बढाउन निर्देशन दिनुभएको छ । सभापति देउवाले तोकिएको जिम्मेवारी पाउनुभएका संयोजकहरुले आ-आफ्नो क्षेत्रमा सक्रियता बढाउन निर्देशन दिनुभएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
बैठक सोमबार दिउँसो ४ः३० बजे काँग्रेस केन्द्रीय कार्यालयमा सुरु भएको बैठक सम्पन्न भइसकेको छ । काँग्रेसको केन्द्रीय महाधिवेशन हुन अब तीन दिन मात्रै बाँकी रहँदा सभापति देउवाले महाधिवेशन समयमै सम्पन्न गर्न यसखाले निर्देशन दिनुभएको हो । काँग्रेस केन्द्रीय महाधिवेशनको उद्घाटन मङ्सिर २४ गते काठमाडौंमा हुने तउ भएकाे छ ।