३९९० मतगणना हुँदा काँग्रेस महामन्त्रीमा गगनकाे २५८१, विश्वप्रकाशको १६४६ मत
काठमाडौँ, पुस १ गते । नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायम छ । १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा थापा र शर्माले अग्रता लिनुभएको हो ।
निर्वाचन समितिका अनुसार ३९ सय ९० मतगणना हुँदा थापाले २५ सय ८१ मत प्राप्त गर्नुभएको छ भने शर्माले १६ सय ४६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी तेस्रो स्थानमा रहनुभएका डा. प्रकाशशरण महतले १३ सय २७ मत प्राप्त गर्नुभएको छ भने प्रदीप पौडेलले ११ सय ८८ मत ल्याउनुभएको छ।
त्यसैगरी मिनेन्द्र रिजालले ६८७ मत प्राप्त गर्दा राजाराम कार्कीले ८८ मत प्राप्त गर्नुभएको छ । काँग्रेसको सभापतिमा दोस्रो चरणको चुनावबाट शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नु भएको छ । महामन्त्री पदको मतपरिणाम सार्वजनिक भएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना हुनेछ।