यो व्यक्ति र गुटको जीत होइन : विश्वप्रकाश शर्मा
काठमाडौं, पुस १ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत महामन्त्रीमा जित सुनिश्चित भएका नेता विश्वप्रकाश शर्माले सुन्दरी जेलमा ढोगेर नै आगामी राजनीतिक यात्रा प्रारम्भ गर्ने बताउनुभएको छ।
‘यो कुनै व्यक्ति र गुटको जीत होइन । सिंगो काँग्रेसलाई नयाँ ढंगले सुरुवात गराउने यात्राको प्रारम्भ हो’, उहाँले भन्नुभयो, ‘सुन्दरीजलको माटो ढोगेर नै महामन्त्रीमा उम्मेदवारी दिएको थिएँ । सुन्दरीजलको जेलमा ढोगेर नै यात्रा अगाडि बढाउछु ।’
महामन्त्री पदमा विजयको सन्दर्भमा बोल्नु हुँदै उहाँले पार्टीमा गर्नुपर्ने धेरै कामका विषयमा पछि प्रतिक्रिया दिने पनि बताउनुभएको छ ।
काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिनुभएको छ । उहाँहरुको जित निश्चित भएपछि समर्थकले पार्टी केन्द्रीय कार्यालय सानेपामा नाराजुलुस भइराखेको छ ।