२९ सय ९३ मतगणना हुँदा काेइराला, साउद र खाँड अग्रस्थानमा
गोरखापत्र अनलाइन
काठमाडौं, पुष ४ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी रहेको छ ।
आइतबार अपरान्ह ३ः१५ बजेसम्म २९ सय ९३ मतगणना भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसमध्ये केन्द्रीय सदस्य खुलातर्फ डा. शशाङ्क कोइरालाको २४ सय ४२, एन.पी. साउदको १८ सय ९६, ज्ञानेन्द्रबहादुर कार्कीको १७ सय ६४, अर्जुननरसिंह केसीको १७ सय १०, उदय शमशेर राणाको १८ सय ८ मत छ । निर्वाचन समितिले केन्द्रीय सदस्यको मतगणना आजै सम्पन्न हुने जनाएको छ ।