मुक्ताकुमारी यादवलाई काँग्रेस केन्द्रीय सदस्यमा सर्वाधिक मत
काठमाडौं, पुस ६ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमा मुक्ताकुमारी यादवले सार्वधिक मत प्राप्त गर्नुभएको छ ।
मंगलबारसम्म १३ केन्द्रीय पदाधिकारीसहित ८८ सदस्य निर्वाचित हुँदा मुक्ताकुमारीले सार्वाधिक मत प्राप्त गर्नुभएको हो ।
मधेसी महिला केन्द्रीय सदस्य चार पदका लागि भएको निर्वाचनमा निर्वाचित मुक्ताकुमारीले सार्वाधिक मत प्राप्त गर्नुभएको हो ।
नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार यादवले तीन हजार ९ सय ६० मत प्राप्त गर्नुभएको छ । यो मत प्राप्त भएसँगै काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा पराजित उहाँका लागि १४ औँ महाधिवेशन विशेष बनेको हो ।
यसअघि खुला ३५ केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सार्वाधिक मत ३८ सय ३६ मत प्राप्त गर्नुभएको थियो । मुक्ताकुमारीले कोइरालाको भन्दा १२४ मत बढी ल्याउनुभएको हो ।
महोत्तरी स्थायी घर रहनुभएकी मुक्ताकुमारी दोस्रो संविधानसभामा समानुपातिक सांसद हुनुभएको थियो । उहाँ धनुषा २ बाट पूर्वराष्ट्रियसभा सदस्य बन्नुभएको थियो ।