मुख्य समाचार |

न्याय सेवा आयोगको बैठक स्थगित

गोरखापत्र अनलाइन

काठमाडौं, पुष ७ गते । बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दिउँसो ३ः३० बजेका लागि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित गरिएको छ ।

आयोगका सदस्य समेत रहनुभएका लोकसेवा आयोग अध्यक्ष काठमाडाैं बाहिर रहेकाले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बताउनुभएको छ । बैठकका लागि अर्को मिति भने तोकिएको छैन।