मुख्य समाचार |

काँग्रेसका नवनिर्वाचित पदाधिकारीले पाए प्रमाणपत्र

काठमाडौं, पुस १० गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहित १३ पदाधिकारी र केन्द्रीय सदस्यहरु गरेर जम्मा १३४ जनालाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

ललितपुरको सानेपास्थित काँग्रेसको केन्द्रीय पार्टी कार्यालय बीपी स्मृति भवनमा प्रमाणपत्र वितरण भएको हो ।