माओवादीमा राम कार्कीको फरक मत
काठमाडौँ, पुस १३ गते । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा नेता राम कार्कीले फरक मत राख्नुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि कार्कीले पूरक प्रस्ताव राख्नुभएको हो ।
‘केही पूरक, केही नवीन धारणाहरु’ शीर्षकमा नेता कार्कीले फरक प्रस्ताव राख्नुभएको हो । फरक मतमा उहाँले विभिन्न शीर्षकमा धारणा सार्वजनिक गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, सङ्घीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने वैचारिक सैद्धान्तिक प्रश्न, हाम्रो बाटो मूल बाटो, तत्काल गर्नुपर्ने काम लगायत शीर्षकमा कार्कीले धारणा सार्वजनिक गर्नुभएको छ ।
आफ्नो धारणामा थप आधार शीर्षकमा नेता कार्कीले विभिन्न बुँदा उल्लेख गर्नुभएको छ । उहाँले सार्वजनिक गर्नुभएका २१ बुँदामा भ्रष्टाचार, जातिको हक, समृद्धि, भूमिसुधार, श्रमिकलाई क्रान्तिकारी शक्ति बनाउने, प्रजातन्त्रको सामाजिक पक्ष, वर्गको स्वार्थलगायत विषय समेट्नुभएको छ ।