मुख्य समाचार |

माओवादी महाधिवेशनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदै

 
काठमाडौं, पुस १४ गते । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदैछ ।
 
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बुधबार दिउँसो १ बजे समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुन लागेकाे प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकाेटा 'जुगल'ले जानकारी दिनुभयाे ।
 
प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको उहाँले बताउनुभयाे । आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गर्नुभएको थियो ।
 
साथै, स्थायी समिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो । यसका लागि मङ्गलबार समूहगत छलफलका लागि समय छुट्याइएको थियो ।