मुख्य समाचार | राजनीति |

बढ्दै कोरोना सङ्क्रमण : उपत्यकाका तीन प्रजिअको बैठक जारी

गोरखापत्र अनलाइन
काठमाडौं, पुस २७ गते । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठक सुरु भएको छ । कोभिड–१९ महामारीको नयाँ स्वरुप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रण सम्बन्धी छलफलका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रजिअको संयुक्त बैठक बसेको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअको बैठक सुरु भएको हो । यसअघि आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेका विषयवस्तुमाथि छलफल भइरहेको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

केही समयपछि छलफलका निष्कर्ष सार्वजनिक गर्ने उहाँको भनाइ छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल भने कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा हुनुहुन्छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकमा काठमाडौंबाट सहायक प्रजिअ उमाकान्त अधिकारी उपस्थित हुनुहुन्छ ।