मुख्य समाचार | राजनीति |

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं, माघ २७ गते। सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकमा स्थानीय तहको निर्वाचन लगायत भ्रातृ सङ्गठन एवम् अधिवेशन हुन बाँकी रहेका १६ जिल्ला कार्य समितिबारे छलफफ हुने काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

काँग्रेसले माघ १४ गते पार्टीका महत्त्वपूर्ण कामकारबाही सञ्चालनका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो।

कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरु हुनुहुन्छ।