प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ, माघ २७ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्वसभापति तथा पूर्वसांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कुन्तादेवी दाहालको ८१ वर्षको उमेरमा यही माघ २६ गते राति निधन भएको हो ।
सभापति देउवाले आज शोक सन्देशमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ । स्व दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
(नाेट : यस अघि प्रस्तुत समाचारमा प्रयाेग भएकाे तस्बिर तथा शीर्षक समाचारसँग मेल नखाएकाले संशाेधन गरिएकाे छ यसबाट पाठकमा पर्न गएकाे असुविधाप्रति क्षमाप्रार्थी छाैं : सम्पादक)