मुख्य समाचार |

प्रतिनिधिसभा बैठक फागुन ४ गतेका लागि सारियाे

काठमाडौं, फागुन १ गते । प्रतिनिधिसभा संसद्को फागुन २ गते तय भएको बैठकको मिति पुन: सरेको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै प्रतिनिधिसभा संसद् बैठकको मिति फागुन ४ गतेका लागि सरेको जानकारी दिनुभयो ।

यससँगै संसद्को अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने जनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाद्वारा विशेष कारणवश संसद् बैठकको मिति सार्नुपरेको विज्ञप्तिमा उल्लेख गरिँदै आएको छ