प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौं, फागुन ३ गते । पटकपटक सरेर बुधबारका लागि तय भएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नुहुने उल्लेख गरिएको छ । सँगै कार्यसूचीमा तीनवटा शोक प्रस्ताव प्रस्तुत हुने उल्लेख छ । बुधबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार सार्वजनिक गर्नुभएको हो ।
साढे ११ बजे कार्यव्यवस्था परामर्श समिति बैठक
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहानका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गर्नुभएको छ।
प्रतिनिधिसभाको बैठक बस्नु अघि बैठकको कार्यसूचीमाथि छलफल गर्न सभामुख सापकोटाले बैठक आह्वान गर्नुभएको हो । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।