मुख्य समाचार | राजनीति |

आयोगमा थप तीन दल दर्ता : दलको संख्या १०६ पुग्यो

काठमाडौं, फागुन ५ गते। स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी दर्ता भएका हुन्।

तीन दल दर्ता भएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ। आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन दल दर्ता प्रक्रिया सुरु भएको हो।

आयोगले दल दर्ता, निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति परिचालन, मतपत्र छपाई र प्रचार सामग्री तयारीको निर्णय गरेको छ।
आयोगको निर्णय जस्ताको तस्तै :