एमसीसीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं, फागनु ६ गते । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पुनः बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ ।
यसअघि बिहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको थियो ।
बिहीबार राति करिब ९ बजे बालुकोट पुग्नुभएको प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गर्नुभएको थियो । तर, उहाँहरुबीच भएको छलफलमा के भयाे भन्ने विषय बाहिर आएको छैन ।
त्यस्तै, आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन । आजको बैठकमा प्रधानमन्त्री देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७०७८ पेश गर्नुहुने कार्यसूची मात्र तय गरिएको संघीय संसदको महासचिव डा। भरतराज गौतमले जानकारी दिनुभयो ।