प्रजातन्त्र दिवसमा ५०१ कैदीको सजाय मिनाहा, १२ जनालाई आममाफी
काठमाडौं, फागुन ६ गते । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ भने १२ जनालाई आममाफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासहित ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाह भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्वोच्च अदालतले २०७७ साउत १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन एने, २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकाहरुलाई कैद छुट दिइएको हो । यसैगरी, आङनिमा शेर्पासहित १२ जनाको सजाय माफी भएको छ ।