एमसीसी परियोजना फिर्ता गर्न वामदेव गौतमको आग्रह
काठमाडौं, फागुन १० गते। राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लान अमेरिकालाई आग्रह गर्नुभएको छ।
मंगलबार वक्तव्यमार्फत उहाँले नेपालको संविधान बमोजिम संघीय कानुन अनुसार बनिनसकेको अवस्थामा एमसीसी परियोजना अनुदान संसदमा प्रस्तुत गर्न नमिल्ने बताउनुभएको छ।
प्रतिनिधिसभामा एमसीसी प्रस्तुत हुनु संविधानको ठाडो उल्लंघन भएको उहाँको भनाइ छ। यसअघि पनि एमसीसी परियोजना फिर्ता लान उहाँले अमेरिकालाई वक्तव्यमार्फत आग्रह गर्नुभएको थियो। गौतमले पुनः एमसीसी परियोजना फिर्ता लान आग्रह गर्नुभएको हो।