कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं, फागुन १ गते । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा समितिको बैठक सुरु भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताउनुभयो ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा संसद्को बैठक सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ ।
फागुन ८ गतेको संसदमा अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रस्तुत भएको थियो । बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्बन्धमा छलफल प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ ।