माओवादीमा गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी
काठमाडौं, फागुन १३ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ ।
अध्यक्ष प्रचण्डको निजी सचिवालयले आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै बैठकमा गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको जनाएको छ । खुमलटारमा भएको यस बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणा रहेको बताइएको छ ।
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् सुचारु र एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट तीव्र बढाउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । यो अवस्थामा सत्ता गठबन्धनलाई अझै बचाउने प्रयास गर्ने माओवादी केन्द्रले जनाएको हो ।