कार्यव्यवस्था समिति बैठक सुरु
काठमाडौं, फागुन १५ गते । संघीय संसद् प्रतिनिधिसभाका कार्यव्यवस्था समिति बैठक भर्खरै सुरु भएको छ । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी)को विषयमा सत्ता गठबन्धनका दलले सहमति जुटाउन छलफल सकिपछि बैठक सुरु भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार भर्खरै बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सुरु भएको हो ।
सत्ता गठबन्धनमा सहभागी दलले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेका छन् । प्रमुख दलको निर्णय अनुसार एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल गर्नेगरी कार्यव्यवस्था समितिले कार्यसूची तय गर्नेछ ।