एमसीसी सम्झौता सकारात्मक छ : महन्थ ठाकुर
काठमाडौं, फागुन १५ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सकारात्मक भएको बताउनुभएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि भएको छलफलमा सहभागी हुँदै ठाकुरले अमेरिकी सहयोगको लक्ष्य सकारात्मक भएकाले स्वीकार गर्ने निर्णय गरेको बताउनुभएको हो।
विकसित देशले गरिब देशको विकासका लागि गरेको सहयोगको लक्ष्य सकारात्मक भएकाले उहाँको भनाइ छ।
‘अमेरिकी सहयोगको लक्ष्य सकारात्मक छ’, अध्यक्ष ठाकुरले भन्नुभयो, ‘हाम्रो पार्टी लोकतान्त्रिक समाजवादी यसको पक्षमा छ। यसलाई देश विकासका लागि सदुपयोग गर्नुपर्छ।’