मुख्य समाचार | राजनीति |

संसद्‍मा छलफल सुरु भएको एमसीसीको १२ बुँदे व्याख्यामा के छ ? (पूर्णपाठ)

काठमाडौं, फागुन १५ गते। सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन्।

एमसीसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण नेपाल संयुक्तराज्य अमेरिकाको इण्डो प्यासेफिक स्ट्राटेजीलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धमा बाँधिएको मानिने छैन भन्ने घोषणा गरेका छन्।

सत्तारुढ दलले विभिन्न १२ बुँदामा विवादित भनिएका विषयका सम्बन्धमा स्पष्ट पार्दै मन्त्रिपरिषदले पारित गरेकाे व्याख्यात्मक प्रस्तावमाथि छलफल सुरु भएकाे छ ।

लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने तथा नेपालको संविधानभन्दा माथि कुनै पनि सम्झौता नरहने र विद्यमान नेपालको कानूनअनुसार नै निर्देशित हुने घोषणा गरिएको छ।