मुख्य समाचार |

‘मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग गर्न दिन्नौ“’

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १७ गते । नेपाल सरकारले कुनै पनि मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरूप कुनै पनि छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारत, चीनलगायत अन्य कुनै पनि मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले नेपालको सामाजिक तथा आर्थिक विकासमा महìवपूर्ण सहयोग पु¥याउने मित्रराष्ट्रहरू, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूप्रति बैठकले हार्दिक आभार व्यक्त गरेको छ । अमेरिकी अनुदान सहायता (एमसीसी) व्याख्यात्मक घोषणासहित आइतबार प्रतिनिधि सभाबाट पारित भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आबद्ध राजनीतिक दल, प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, प्रतिनिधि सभाका सभामुख र सांसद सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।
एमसीसी पारित गर्नमा रचनात्मक र सिर्जनात्मक सहयोग गर्र्ने नागरिक समाज, सञ्चारजगत्, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा सरकारले हार्दिक धन्यवाद व्यक्त गरेको मन्त्री कार्कीले बत(ाउनुभयो ।