प्रतिनिधिसभा संसद बैठक सुरुः महाभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने
काठमाडौं, फागुन २२ गते । प्रतिनिधिसभा संसद्को बैठक भर्खर सुरु भएको छ । आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यक्रम छ ।
यसैगरी, दोस्रो नम्बरमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नहुने कार्यसूची छ ।
सभामुख सापकोटाले संविधानको धारा १०१ को उपधारा ९३० र ९४० एवम् प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम महाभियोगसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।