मुख्य समाचार |

माओवादी केन्द्रीय समितिको अर्को बैठक जेठ २० मा बोलाउने प्रस्ताव


काठमाडौं, फागुन २३ गते । नेकपा (माओवादी केन्द्र)ले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक बोलाउने प्रस्ताव गरेको छ ।

सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक बोलाउने प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्य दिलीप महर्जनले जानकारी दिनुभयो ।

 अहिले बैठक जारी रहेको बताउनुहुँदै थप केन्द्रीय सदस्यबारे छलफल गरेर निर्णय हुने बाँकी रहेकाे बताउनुभयो ।