एस केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालको जवाफ
काठमाडौं, फागुन २६ गते। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को जारी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका सवालको पार्टी जवाफ अध्यक्ष माधवकुमार नेपालले दिनुभएको छ।
अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नौ वटा समूहमा छलफल भएको थियो। बैठकमा टोली नेताले सुझाव एवम् निष्कर्ष प्रस्तुत गर्नुभएपछि उहाँले जवाफ दिनुभएको हो।
विगतमा संसद विघटनदेखि ययसका विरुद्ध दलबीच भएको तालमेल एवम् पार्टीभित्र देखिएका समस्याको ब्रिफ्रिङ गर्नुभयो।
यससँगै पार्टीे प्रदेश एवम् जिल्ला कमिटीलाई जनतासँग जोडिन र थप सक्रिय हुन उहाँले आह्वान गर्नुभयो। ‘यसबीचमा प्रदेश कमिटीको बैठक कति बस्यो ? जिल्लाको बैठक कति चोटी बस्यो ? छलफल कस्तो भयो ? यस विषय सूचीमा मन्थन भएको छ कि छैन भन्ने प्रश्न उहाँले गर्नुभयो।
शुक्रबारदेखि सुरु भएको नेकपा (एस) को बैठक बबरमहलस्थित कार्की बैंक्वटमा जारी छ। बैठकले प्रतिवेदन सुझावसहित परिमार्जन गर्नेछ।