प्रधानमन्त्रीद्वारा मादी बस दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ, फागुन २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्खुवासभाको मादीमा आज भएको बस दुर्घटनाले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको छ ।
विहीबार साँझ सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री देउवाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
दुर्घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।