मुख्य समाचार | राजनीति |

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने

काठमाडौं, फागुन २९ गते। प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने भएको छ। आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव पेश भए लगत्तै बैठक स्थगित भएको हाे।

सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्तावमाथिको छलफल प्रतिनिधिसभाको आगामी बैठकबाट सुरु हुने जानकारी गराउनुभयो। अर्को बैठक चैत २ गते बुधबार दिउँसो १ बजे बस्नेछ।

आइतबारको बैठकमा राणाविरुद्धको महाभियोग प्रस्ताव माओवादी केन्द्रका सांसद देव गुरुङले पेश गर्नुभएको हो। राणाले पदीय मर्यादा अनुरुप काम नगरेको भन्दै फागुन १ गते ९५ सांसदले संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।