निष्पक्ष निर्वाचन गराउन सरकारले आयोगलाई सहयोग गर्छ : प्रम देउवा
सचिन पाेखरेल
मोरङ, चैत ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा आइतबार एक प्रहरीको ज्यान जाने गरी भएको घटनाकाे छानबिन गरी दोषीमाथि कारवाही गरिने बताउनुभएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका भवनको उद्घाटनको गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
उहाँले स्थानीय तहको निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र निष्पक्ष रुपमा निर्वाचन गराउन सरकारले सहयोग गर्ने बताउनुभयो ।
नेपाल सङ्घीय संरचनामा गएपछि स्थानीय तहलाई अधिकार दिइएको र स्थानीय तहले जनाताको निकट रही काम गर्ने हुँदा जनताको मन जित्ने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।