स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ : प्रम देउवा
अर्जुन काफ्ले
स्याङ्जा, चैत १० गते । प्रधामन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुने बताउनुभएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाको प्राशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले निर्वाचनको तयारी तीब्र रुपमा अगाडि बढाएको बताउनुभयो ।
विपक्षीहरु सरकार निर्वाचन भाँड्न लागेको भनेको बताउँदै प्रधामन्त्री देउवाले सरकार निर्वाचन भाँड्न नभई समयमै निष्पक्ष निर्वाचन गर्न लागिपरेको बताउनुभयो ।
उहाँले विपक्षी दल बरु विभिन्न बाहाना निकाल्दै निर्वाचन पछाडि धकेल्ने दौडमा लागेको जिकिर गर्नुभयो ।
स्थानीय सरकार जनतको प्रत्यक्ष निगरानीमा चल्ने सरकार भएको बताउँदै प्रधामन्त्री देउवाले स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो । सीमित स्रोत साधनको प्रयोगतले चापाकोट नगरपालिकाले राम्रो काम गरेको बताउँदै प्रधामन्त्री देउवाले यहाँका हरेक बिकासका काममा सरकार सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
गठबन्धन सरकार सङ्घीय निर्वाचनसम्मै रहने बताउँदै सभापति देउवाले ठाउँ परिस्थिति हेरेर चुनावी एकता हुने बताउनुभयो ।
यस्तै नेपाली काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकारले पास गरेको एमसीसीले देशलाई गरिबीबाट बचाउने बताउनुभयो ।
एमसीसीको अरबाैं रुपियाँको अनुदानले देशलाई फाइदै फाइदा हुने बताउँदै श्रेष्ठले व्याख्यात्मक विश्लेषणको सहि प्रयोग हुने बताउनुभयो ।
चापाकोटले काँग्रेसलाई ठूलो गुन लगाएको बताउँदै श्रेष्ठले काँग्रेस सरकारले लगाएको गुन तिर्ने बताउनुभयो । अहिलेको गठबन्धनलाई जोगाई राख्नुपर्ने बताउँदै श्रेष्ठले अबको डेढ महिनामा स्थानीय तहको निर्वाचनमा काँग्रेस पक्षधर उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभयो ।
यस्तै सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रतिगमनकारी परास्त गर्न पाचँ दलीय गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
प्रतिगमनकारी अहिले बिभिन्न बाहनामा सल्बलाएको बताउँदै मन्त्री श्रेष्ठले प्रतिगमनकारीलाई एकचोटी राम्रोसगँ पछानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस नेता मीनेन्द्र रिजाल, गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठ, काँग्रेस जिल्ला सभापति राजु थापालगायतले मन्तब्य राख्नुभएको थियो ।
१६ रोपनीमा रहेको नवनिर्मित प्रसासकीय भवन तीन तलामा दुई हलसहित ३६ कोठामा रहेको नगरप्रमुख शिवकुमारी गिरीले बताउनुभयो । २०७२ सालमा निर्माण शुरु भएको भवन पाँच करोड ५० लाखको लागतमा निर्माण भएको गिरीले बतउनुभयो ।
भवनको भुइँतला शोभा निर्माण सेवा, पहिलो तल्ला विवेक एण्ड कुँवर निर्माण सेवा र दोस्रो तल्ला आरसी निर्माण सेवाले बनाएको हो ।