नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं, चैत १६ गते । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक केही बेरमा दिउँसो १ बजेदेखि बस्ने जनाइएको छ ।
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सातै प्रदेशका सभापतिहरु र काँग्रेस केन्द्रीय कमिटीका पदाधिकारीबीच यही निर्वाचनसँग सम्बन्धित विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार सम्पन्न भएको थियो । बैठकले स्थानीय तहमा आवश्यकताको आधारमा गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय ग¥यो ।
यससँगै स्थानीय निर्वाचन केन्द्रीय परिचालन कमिटी, प्रचारप्रसार कमिटी पनि गठन गरेको थियो ।