मुख्य समाचार |

अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त, बडूलाई उद्याेगमन्त्रीकाे जिम्मेवारी

काठमाडौं, चैत २४ गते । अधिवक्ता गोविन्दप्रसाद शर्मा काेइराला (बन्दी) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्दप्रसाद शर्मा (कोइराला)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गर्नुभएको हो ।  उहाँले आजै २ बजे सपथ लिने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यसैगरी, नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नियुक्त गरिएको छ ।

साथै, कानुन मन्त्रालय सम्हाल्दै आउनुभएका बडूलाई हाल प्रधानमन्त्री देउवाले सम्हाल्दै आउनुभएको वाणिज्य मन्त्रालयमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।