पढ्नै पर्ने | खुला |

स्वास्थ्यकर्मी र पत्रकारको नक्कली कार्ड बनाउने चार जना समातिएः एउटा कार्डको ५०० रुपैयाँ

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २३ गते । विश्वभर कोराना भाइरसको महामारीमा सरकारले गरेको निषेधाज्ञाको समयमा पत्रकार र अस्पतालको नक्कलि पत्रकार परिचयपत्र बनाएर बिक्री गर्ने समुहलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाईरस महामारीलाई नियन्त्रण गर्न नेपाल सरकारबाट निषेधाज्ञा समेत लागु भएको अवस्थामा काठमाडौँ, बागबजारमा लक्ष्मण न्यौपानेले संचालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रालिले विभिन्न व्यक्तिहरुको नामबाट नक्कलि प्रेस कार्डहरु, अस्पतालको नक्कलि परिचयपत्रहरु बनाई प्रति कार्ड पाँच सय रुपियाँभन्दा बढिमा बिक्रि गर्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो । उहाँले सो कार्डहरु देखाई मानिसहरु आवतजावत गरी सार्वजनिक हित तथा स्वास्थ्य सुरक्षामा समेत आँच पु-याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटीएको टोलिले सोमबार उनीहरुलाई पक्राउ गरेको बताउनुभयो ।

प्रहरीले साउन २२ गते सोमबार काठमाडौं महानगरपालिका वडा नं २८ बागबजारबाट सो प्रिन्टर्सका संचालक लक्ष्मण न्यौपाने सहित व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाले नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट नपा. वडा नं. १३ घर भई हाल का.जि. रातोपुल बस्ने बर्ष ३५ को लक्ष्मण न्यौपाने,जिल्ला बर्दिया राजापुर न.पा. वडा नं. १० घर भई हाल कोटेश्वर बस्ने बर्ष २३ को श्रीराम खड्का, नवलपुरासी सुस्ता पुर्व कावासोती नपा. वडा नं. ८ घर भई हाल बर्ष २९ को रमेश कुमार रेग्मी, स्याङ्जा जगत्रदेबी गा.पा. वडा नं. ९ घर भई हाल काजि. टोखा नपा. वडा नं. ४ धापसी बर्ष ३९ को राजेन्द्र राज भण्डारीलाई महाशाखाको टोलिले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न मिडियाहरुको नामको प्रेस आईडि कार्ड १० थान, बिभिन्न असपतालको नक्कली परिचयपत्र १५ थान, प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र तीन थान बरामत गरेको छ ।