कर्णालीमा कोरोना संक्रमणबाट ६५ बर्षिया महिलाको मृत्यु
मुना हमाल
सुर्खेत, असोज २५ गते । कर्णालीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्युु भएको छ । कालिकोटको महाबै गाउँपालिका वडा नं ४ की ६५ वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई ज्वरो आउनुका साथै स्वास फेर्न गाह्राे भएपछि असोज २१ गते प्रदेश अस्पताल सुर्खेतको इमारजेसन्सी कक्षामा भर्ना गरिएको र असोज २२ गते उनीमा कोरो संक्रमण पुष्टि भएको थियो । आइतबार उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
मृत्तक महिला दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग रहेको पनि महाशाखाले जनाएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले शब व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो । कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुुनेको संख्या योसँगै ११ पुगेको छ ।