पढ्नै पर्ने | समाज |

दुई बालकलाई आठ वर्षदेखि कापीकिताब र खाद्यान्न सहयोग

अमरराज नहर्की
तनहुँ, काक्तिक १७ गते । आर्थिक कठिनाइले अध्ययन छुटाउनु पर्ने अवस्था आएपछि तनहुँकी एक शिक्षिकाले दुई दलित बालकको अभिभावक बनेर आठ वर्षदेखि अध्ययनको लागि सघाउँदै आउनुभएको छ ।
भानु नगरपालिलका–२ रिट्ठाबोटकी जुनामाया कुमालले सोही वडाको अम्बोटे बस्ने जुम्ल्याहा राम सुनार र लक्ष्मण सुनारलाई सहयोग गर्दै आउनुभएको हो ।
शिक्षिका जुनामाया भानु नगरपालिका–३ खहरे स्थित मर्स्यांदी आधारभूत विद्यालयकी शिक्षिका हुनुहुन्छ । उहाँले जुम्ल्याहा दाजु भाईको लागि अध्ययनको लागि आवश्यक स्टेशनरी समान तथा लक्ता कपडा किनेर सहयोग गर्दै आउनुभएको छ ।
व्याक्तिगत खर्चमा दुई बालकको अध्ययनमा सहयोग गर्नु भएपछि सबैले प्रशंसा गरेका छन् । ‘काम गर्नु त शिक्षिका जुनामायाको जस्तो पो भनेर सबैले प्रशंसा गर्ने गरेका छन् ।’ भानु नगरपालिका–२ नारेश्वटार निवासी सञ्चारकर्मी  मनोज श्रेष्ठले बताउनुभयो । कक्षा १० सम्म पडाउदै आउनुभएको छ ।
जुम्ल्याहा दाजुभाई राम र लक्ष्यमण भानु –२ नारेश्वरटारस्थित शहीद होमराज लोहनी शारदा सदन माध्यामिक विद्यालयमा कक्षा कक्षा १० मा पढ्छन् । ती दाजु भाईलाई कक्षा ८ सम्म शिक्षिका कुमालले आपूmले पढाउने विद्यालयमा पढाउनुभएको थियो । कक्षा २ मा पढ्दै गरेको अवस्थामा अचानक उनिहरु पढ्न आउन छाडेपछि शिक्षिका कुमाल बालकको घरमा नै पुग्नु भएको थियो ।
‘घरमा बुभ्mदा कापी,कलम, विद्यालय पोशाख किन्ने रकम नुहँदा विद्यालय नगएको थाहा पाएपछि मेरो आँशु थामिएन मैले सहयोग गर्ने निधो गरेको हुँ शिक्षका जुनामायाले भन्नुभयो । शिक्षिका कुमालले अहिलेको दशैमा जुम्ल्याहा दाजुभाइलाई उनीहरुलाई चाहिने कापी,कलम,नयाँ कपडा,मोबाइल,घरमा चाहिने खाद्यान्न सामग्री उपलब्ध गराइदिनु भएको छ । ‘उनीहरुलाई डिग्रीसम्म अध्ययन गर्नको लागि सहयोग गर्ने शिक्षिका कुमाल बताउनुहुन्छ । बाबुआमाले सानैमा छाडेर गएपछि हजुर आमाको संरक्षण रहेका जुम्ल्याहा दाजुभाईको घर आर्थिक अवस्था कमजोर भएकोले खरको छाना भएको चिमले बनाएको कच्ची घरमा बसेका छन् ।
‘गाईवस्तु पनि पक्की गोठमा बस्छन् तर उनीहरु झुपडीमा बसेर देखेर रुन मन लागेको र उनीहरुको उज्ज्वल भविष्यका लागि मद्धत गरेको हुँ ।’ शिक्षिका कुमालले भन्नुभयो । हजुर आमा नमानेकोले उनीहरुलाई आफ्नो घरमा ल्याएर पाल्न नपाएको उहाँ बताउनुहुन्छ । ‘उनिहरुलाई मेरो घरमा ल्याएर जागिर खुवाएर बिहे गरिदिने धोको छ ।’ शिक्षिका कुमालले भन्नुभयो । शिक्षिका जुनामाया आफ्नो लागि साक्षात भगवान भएको रामले बताउनुभयो । ‘उहाँले सहयोग नगरेको भए हाम्रो पढ्ने रहर अधुरो हुन्थ्यो ।’ रामले भन्नुभयो ।