पढ्नै पर्ने |

तनहुँका सिडियो र एसपी नमस्कार गर्दै मास्क बाँढ्दै

अमरराज नहर्की
तनहुँ कात्तिक २१ गते । यात्राका क्रममा मास्क नलगाउने, भिडभाड गर्ने जस्ता कोरोना भाइरसको सुरक्षाको मापदण्ड उल्लङ्घन गर्नेलाई कारबाही गरी जरिवाना गर्ने गरिएकोमा नमस्कार गर्दै सम्झाउने कार्य थालिएको छ । सवारी आवागमनबाट सङ्क्रमण फैलिने जोखिम भएकोले त्यस क्षेत्रमा जनचेतना फैलाउन नयाँ तरिका अपनाउन थालिएको छ ।
सार्वजनिक एवं निजी सवारीमा यात्रा गर्ने यात्रु तथा यातयात व्यवसायी, चालक, सहचालकलाई सुरक्षाका मापदण्डका ‘मास्क लगाऔं, परपर बसी कोरोना भगाऔं’ भन्ने जनचेतना अभियान सञ्चालन गरिएको छ । अभियान जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा यातयात व्यवसायीले संयुत्त रुपमा गरेका हुन् ।
अभियानको क्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्ष (एसपी) अरुण पौडेल नै सहभागी भएर जनचेतना फैलाउन थाल्नुभएको छ । नमस्कार गर्दै मास्क नलाउनेलाई दिने, यात्रा गर्दा धेरै नजिक नजिक नबस्ने, सेनिटाईजरको प्रयोग गर्ने लगायत सुरक्षाका मापदण्ड अपानउन आग्रह गरेका हुन् । ‘संक्रमण दिन प्रतिदिन बढीरहेको छ हेलचेक्राइँ गर्दा एक जनाले गर्दा सबैलाई संक्रमण हुने जोखिम हुन्छ सुरक्षाका मापदण्ड अपनाउन अभियान सञ्चालन गरेका हौं ।’ प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो ।
यस अघि मास्क नलगाउनेलाई एक सय जारिवाना गरिएकोमा हाल अभियानमा जरिवाना नगरी सचेत मात्रै पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी पौडेले जानकारी दिनुभयो । एक हजार पाँचसय भन्दा बढीलाई जरिवाना गरिएकोमा हाल चेतनामात्रै पैmल्याउने उद्धेश्यले अभियानमा जरिवाना नगरिएको उहाँले बताउनुभयो । ‘सडक आएर प्रत्यक्ष रुपमा सचेत पार्दा कोरोना सर्ने जोखिम भए पनि महामारी नियन्त्रणमा टेवा पुृ-याउन मद्दत पुग्ने विश्वास खटिएका हौं ।’ एसपी पौडेलले भन्नुभयो । अभियानको क्रममा बिहीबार बन्दीपुर गाउँपालिका–४ चुनपहरामा करीव एक सय वटा सवारी साधन अनुगमन गरिएको छ । केही समय अघि पनि जनचेतनाको लागि यस्तै कार्यक्रम गरिएको थियो । कम्तीमा महिनाको एक पटक यस्ता सञ्चारकर्मी सहितको सरोकारवालाहरुको सहभागितामा यस्ता चेतनामुलक कार्यक्रम गर्ने सोचाई भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले बताउनुभयो । अभियानको लागि तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई, पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि, स्थानीय यातयात प्रालिले पनि साथ दिएको प्रहरीले जनाएको छ । यातयात व्यवसायीसँग सम्बन्धित समितिका पदाधिकारी मार्फत सवारी साधनलाई नेपाल सरकारले निर्देश गरेको सुरक्षाको मापदण्ड पालन गरी अभियानलाई सफल बनाउन आग्रह गरिएको ट्राफिक प्रमुख रानाभाटले बताउनुभयो । एकाका सभापति राजकुमार श्रेष्ठ राकु, पृथ्वीराज मार्ग बस सञ्चालक कम्पनी प्रालिका निर्देशक ओमप्रकाश कार्की, स्थानीय यातयात प्रालिको अनुगमन समितिका संयोजक मेहरमान श्रेष्ठ लगायतले पनि हातमा मास्क लिएर मास्क नलगाउनेलाई वितरण गर्ने कार्यमा खटिएका छन् ।