पढ्नै पर्ने |

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १० गते । नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उहाँलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो ।
न्यौपानेविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएपछि न्यौपानेलाई पक्राउ गरिएको हो ।
तत्कालीन कलेजका अध्यक्षसमेत रहनुभएका उहाँलाई तीन करोड ७१ लाख रुपियाँ ठगी गरेको आरोप रहेको सीआईबीले बताएको छ ।