पढ्नै पर्ने | फोटो फिचर |

जहाँ कर तिर्न कागजको टुक्रा, हेलमेट र बोतल लाइन बस्छन्

गोरखापत्र अनालाइन
काठमाडौं, पुस २३ गते । राजधानीको सानो भ–याङमा रहेको यातायात व्यवस्था विभाग अन्तर्गतको सेवा केन्द्रमा बिहान उज्यालो नहुँदै मानिसको चहलपहल शुरु हुन्छ । सवारी कर तिर्न जानेहरु पालोका लागि बिहान ३ नबज्दै त्यहाँ पुग्छन् । पालोका लागि बिहानको चिसोमा उभिनुको साटो लाइमा नम्बर लेखेर कागजको टुक्रा हेलमेट वा पानीको बोतल पनि राख्ने गरेको पाइन्छ ।

कर तिर्नका लागि उज्यालो नहुँदै लाइमा बस्न बाध्य सर्वसाधारणको अवस्थालाई हाम्रा फोटो पत्रकार सुजन गुरुङले क्यामेरामा कैद गर्नुभएको छ ।