बिहान र राति तापक्रम घट्ने, दिउँसो बढ्ने
केशवराज पौडेल
काठमाडौं, पुस २३ गते । नेपालभर पुस र माघ महिनामा दिउँसो तापक्रम बढ्ने र राति र बिहानको समयमा तापक्रम घट्ने क्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदूषणको मात्रा बढेसँगै मंगलबार तातिएको काठमाडौं उपत्यका बुधबार चिसिएको थियो ।
बिहीबार उपत्यकामा समेत दिउँसो तापक्रम बढेको र रात र बिहानको समयमा भने तापक्रम घटेको। विभागले जनाएको छ । बुधबार काठमाडौ उपत्यकाको अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियस न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस कायम गरिएको थियो । यो क्रम जनवरीभरि कायम रहने विभागले जनाएको छ ।
विगतका बर्षहरुमा समेत जनवरी महिनामा बिहान, राती र साँझमा चिसो बढ्ने र दिउँसो तातो बढ्ने गरेको विभागले जनाएको छ । बिहीबार दिउँसो नेपालगञ्जको अधिकतम् तापक्रम २८.८ डिग्री मापन गरिएको थियो भने न्यूनतम तापक्रम ९.३ मापन गरिएको विभागले जनाएको छ । त्यस्तै जुम्लामा अधिकतम तापक्रम १४.८ र न्यूनतम तापक्रम माइनस एक डिग्री मापन गरिएको छ ।
केही दिन मौसममा बदली हुने कुनै त्यस्तो सम्भावना नरहेको विभागले जनाएको छ । हिमाली क्षेत्रमा आशिंक बदली रही केही स्थानमा हिमपात हुने सम्भावना छ । त्यस्तै पहाडी क्षेत्रको केही स्थानमा हल्ला बर्षाको सम्भावना रहेको छ भने तराईमा बदली हुने र वर्षा हुने कुनै सम्भावना नरहेको विभागले जनाएको छ । तराईका क्षेत्रहरुमा बिहानपख हुस्सु लागे पनि दिउँसो भने हुस्सु खुलेर घाम लाग्ने विभागले जनाएको छ ।
यस्तो छ दुई दिनको मौसम अनुमान
पुस २३ गते (बिहीबार)
दिउँसो ः देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति ः प्रदेश १ र सुदुर–पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पुस २४ गते (शुक्रबार)
दिउँसो ः प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति ः प्रदेश १, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात अनि सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू–भागहरुमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भई हल्का बर्षा र हिमपातका कारण तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।