पढ्नै पर्ने | पर्यटन | फोटो फिचर |

पर्यटकको पर्खाइमा तिलमान पास (फोटो फिचर )

गोरखापत्र अनलाइन
काठमाडौं, पुस २६ गते । हिमाली क्षेत्रको पदयात्राका लागि काठमाडौसँग जोडिएको सिन्धुपाल्चोक जिल्लामा रहेको महत्वपूर्ण तिलमान पासमा धेरैको ध्यान पुगेको छैन ।
राजधानीबाट छ दिनमा पुग्न सकिने सो क्षेत्रका हिमाली भूदृश्य तथा पोखरी ताल आदि निकै आकर्षक छन् । ग्रेट हिमालयन ट्रेलभित्र पर्ने यो क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्न सके यसले पर्यटकका लागि नयाँ गन्तव्य दिन सक्ने देखिन्छ ।
यो तिलमान पास लामो र कठिन खालको पैदल यात्रा रुचाउनेहरुका लागि उपयोगी मानिन्छ यो पासको यात्राका क्रममा बाटोमा पर्ने केही चुचुराहरुको आरोहण पनि पर्यटकका लागि थप आकर्षण हुन सक्छन् ।
काठमाडौबाट मेलम्ची हुँदै पाँच पोखरी भएर यो क्षेत्रमा पुन सकिन्छ । पूर्वाधारको अभावमा पर्यटकका लागि भने खाने बस्ने व्यबस्था आफै साथ लग्नुपर्ने हुन्छ ।
तस्बिर सौजन्य माया गुरुङ्ग