पानी घटाइएको मौकामा फेवाताल सफाईमा जुटे स्थानीय
तारा चापागाई
माघ ३० गते । यतिबेला फेवातालको पानी एक मिटर घटेको र पानीले ओगटेका ठूलो भुभाग जमिनमा परिणत भएको छ । फेवताल बाँध मर्मतका लागि पानी भित्र डुबेर काम गर्नुपर्ने भएकोले पानी सुकाइएको हो । यहि अवसर पारेर फेवतालको छेउमा थुप्रिएको ढुङगा,माटो लगायत फोहोर सफा गर्नुपर्ने माग ङुङ्गा व्यवसायी तथा विभिन्न संघसंस्था स्थानीय,पर्यटन व्यवसायीले गरेका छन् ।
फेवा डुङगा व्यवसायी सगठनका अध्यक्ष बुद्धिबहादुर नेपाली फेवा ताल सौन्दर्यका लागि फोहोर सफा गर्नुपर्ने बताउनुहुन्छ । ''वडा र महानगरले सहयोग गरेमा यहि मौका छापेर हामी सफा गर्ने सोच बनाएका छौं, महानगर वा वडाले सहयोग गर्छ कि भनेर पर्खेका छांै, यदि गरेन् भने पनि समितिबाट हामी जति सक्छांै गर्छौ'', उहाँले भन्नुभयो ।
५५ वर्षदेखि फेवा ताललाई नियाल्दै आएका नेपालीले फेवा तालको पानी पहिला पिउन योग्य रहेको बताउनुहुन्छ । “हामीले यहि पानी पिउँथ्यौं, अहिले हातमा लिन नसकिने फोहोर छ, बस्ती बढ्यो, ढलनल मिसाइयो, फोहोर सबै तालमा आउँछ,।” ताल पुरिएकोमा गुनासो गर्दै नेपालीले पानी सुकाइएको अवस्थामा सफा गर्ने पहल गरिएको जानकारी दिनुभयो ।
छ महिनासम्म कोरोनाका कारण ठप्प बनेको पर्यटन व्यबसायले केहि गति लिन थालेको अवस्थामा ताल सुकाए पनि मर्मतका लागि सहज भएकोले कुनै गुनासो नरहेको उहाँ बताउनुहुुन्छ । ''यतिका दिन त बस्यौं, अहिले ताल संरक्षणका लागि नै हो, एक डेढ महिना केहि होइन्'' उहाँले भन्नुभयो । नेपालीका अनुसार फेवतालमा अहिले आठवटा डुङ्गा घाट छन् ।
फेवा तालको पानी घटेको क्रममा फेवा तालमा डुवेका डुङगा निकाल्ने काम शुरुवात गरि सकेको गौरीघाट व्यवस्थापक तथा डुङगा व्यवसायी रामचन्द्र पौडेल बताउनु हुन्छ । तालको सौन्दर्यका लागि काम थालिसकेका छांै, यो मौका पटक-पटक आउँदैन्, ताल रहे व्यवसाय रहने हो, ताल नरहे के व्यवसाय रहला ?'' उहाँको भनाइ छ ।
पौडेलले ताल सरसफाइका लागि एक लाख बराबरको काम हुने बताउँदै माटो निकाल्न सात जना मजदुर लगाइएको जानकारी दिनुभयो । उहाँले सफाइ अभियानमा विभिन्न संघसंस्था वा व्यवसायीको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
यसैगरि पोखराका पर्यटन व्यवसायी माउन्ट कैलाश रिर्सोटका संचालक नरेश भट्टराइ यतिबेला ताल सफा गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँले प्रदेश सरकार र स्थानिय सरकारले सहयोग गरेमा फेवा ताल सफा बनाउन सकिने बताउनुभयो ।
“यसरी पानी घटदा ताल वरपर विजोग फोहोर देखियो, पानी सुकाएको अवस्थामा प्रदेश सरकार र महानगरले पहल गरेमा फेवा तालको सौन्दर्य अझ बढाउन सकिन्छ'' भट्टराइले भन्नु भयो ।
सुकेको तालमा टिकटक बनाउने बढे
तालको पानी सुकाएपछि डुढंगा चढनेको संख्या घटेको टिकट काउन्टरमा बस्ने सन्देश गिरी बताउनु हुन्छ । उहाँकाअनुसार पारी जाने संख्या घटे पनि सुकेको ताल हेर्न आउने र टिकटक बनाउनेको संख्यामा बद्धि भएको छ ।
“ताल हेर्न आउने र टिकटक बनाउने बढेका छन् , आउनुहुन्छ टिकटक बनाउनु हुन्छ एउटा फरक खालको आनन्द महशुस गर्नु भएको छ'' उहाँले भन्नुभयो ।
भारतको विहारबाट पोखराको फेवा ताल पहिलो पटक घुम्न आएका अंकित अग्रवालले फेवतालको सौन्दर्य सुने जस्तो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ''जस्तो सुनेको थिए त्यस्तो पाइन, यहाँ त अस्तव्यस्त देखियो, । ''चार जना साथीसँगै घुम्न आएका अग्रवालले डुङगा व्यवसायीले आफूसँग बढि भाडा मागेको गुनासो गर्नुभयो । नेपाली हो भने ६०, भारतीय हो भने एक सय दिनुस् भनियो, नेपाल सरकारले किन यस्तो गरेको हो? किन भारतियलाइ फरक गरियो ?'' उहाँको प्रश्न छ ।
यस विषयमा व्यवसायी अध्यक्ष नेपालीले भने हरेक ठाँउमा विदेशी र नेपालीलाई लिने रेट फरक रहेको र नियमअनुसार नै रकम तोकिएको जानकारी दिनुभयो ।
भक्तपुरबाट साथीहरुसँगै फेवताल घुम्ने र प्याराग्लाडिङ गर्ने भनि पोखरा आइपुग्नु भएका सुशान गर्वुजा ताल सुकेपछि वास्तविक सौन्दर्य हराएको बताउनु हुन्छ । पोखरा आएपछि सबैभन्दा पहिला फेवा ताल पुग्न मन लाग्ने उहाँलाइ फेवा तालको स्वरुप देख्दा खिन्न लागेको महसुश गरेको बताउनुभयो ।
यसैगरि काठमाडौबाटै घुम्दै पोखरा आइपुग्नु भएकी सविना दंगालको टिम पनि सुकेको फेवतालमा फोटो खिच्दै थियो । तालको पानी सुकेको टिकटक मार्फत देखेपनि प्रत्यक्ष हेर्न मन लागेर आएको दंगालले बताउनुभयो ।
दुई हप्तामा पानी भर्न शूरु हुन्छ
जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले दुई हप्तामा तालमा पानी भर्न शुरु गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले गेटको काम चलिरहेको छ सकिएपछि पानी भर्न शुरु हुन्छ ।
“१४ दिनमा गेटको काम सकिन्छ ,गेट बन्द गछौ, सेती नदि र हर्प खोलाको पानीले फेवा ताल रिचार्ज गरि पुरानै अवस्थामा फर्काउन सकिन्छ । उहाँले सेती नदिको एउटा लिङक प्यानल फेवा तालसँग जोडिएको जसबाट फेवा ताल रिचार्ज गर्न मिल्ने भएकोले लगभग २२ महिनामै फेवा ताल पुनः अवस्थामा आउने जानकारी दिनुभयो ।
संघियता सगै प्रदेश सरकार स्थापना पछि भौतिक पूर्वधार मन्त्रालय अन्र्तगतको जलस्रोत तथ सिचाई विकास डिभिजन कार्यालयले गेटको रवरशील काम नलाग्ने भएको ,बाँधको तल्लो भाग भग्नावशेष भैसकेकोले मन्त्रालयलाइ जानकारी गराएपछि पहिलो पटक फेवा तालको संरक्षणका लागि एक करोड मर्मतका लागि छुटयाएको बताउनुभयो ।
“गेटका रवरशील काम नलाग्ने भैसकेका थिए, खतरा निम्त्याउन सक्ने अवस्था देखियो, वर्षातको समय काम हुन नसक्ने भएकोले हिँउद कुर्नुपर्ने र हिँउदमा पनि सबैभन्दा कम पानी भएको अवस्था कुरेर काम थालिएको हो,।” प्रमुख आचार्यले भन्नुभयो । उहाँकाअनुसार समुद्धि सतहबाट पानीको भाग ९९३ मिं रहेको अवस्थामा एक मिटर डाउन गरि ९९२ मिं कायम रहेको छ । सो पानी डेविटफल हुदै फुस्रे खोलमा पुगेको छ ।