पारिवारिक कलह संभावित कारण, गाउँ शोकमा डुब्याे
कमल शर्मा
दैलेख,फागुन २५ गते । आइतवार साझ एकै घरका नावलक छोरा र तीन छोरी सहित आमाले कर्णालीमा हाम फालेर ज्यान गुमाए पछि निमायलमा रहेका ७० घरधुरीका स्थानीय कसैको आँखा ओभानो छैन ।निमायल गाउँमात्र नभएर आठबीस नगरपालिका पूरै शोकमग्न छ । कर्णाली नदिमा हाम फालेर मृत्यु भएका परिवार र आफन्तलाई समबेदना दिन त्यहाँ पुगेको आफन्तजन सबै भावबिह्वल छन् ।
आठबीस नगरपालिका वडा न –३ का अध्यक्ष एवम छिमेकी प्रयागबहादुर शाहीले भन्नुभयो आइतवार २३ गते श्रीमान् मानसिह बडुवालले गाउँकै एक पसलमा मध्यपान गरेर होहल्ला गर्न थालेपछि श्रीमती सुकी बडुवालले गएर घरमा ल्याएको र पछि घरमा के बिवाद भयो भन्ने थहाँ भएन ।
मृतक सुकी बडुवालले भाई मानेकी हरिबहादुर शाहीले भने घरमा सामान्य बिवाद हुने गरेको बताउनुभयो । उहाँले घरमा श्रीमानले मदिरा सेवन गरेर आउँने र घरमा गाली गर्ने समस्याले यो घटना निम्त्याएको अनुमान गरेको बताउनुभयो । उहाँले घरमा छोरीहरु दिन प्रतिदिन ठूलो हुँदै गए पनि बाबुले गर्ने व्यवहारले दिक्क भएर यो निर्णयमा सबै जना पुगेको हुन सक्ने बताउनुभयो ।फागुन २४ गते बिहान ४ बजेतिर सुकी चार सन्तान सहित घरबाट निस्केको र २४ गते खोज्दै जाँदा आमा सहित बेपत्ता भएका मध्ये १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फेला प¥यो । वडा अध्यक्ष शाहीले उनिहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेको बताउनुभयो ।
स्थानीय सुरेन्द्र कार्कीले दुई बहिनी १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवाल (नाम्लो)ले बाधेर हाम फालेको अवस्थामा फेला परको बताउनुभयो । उहाँले शव भेटिएको स्थानबाट खोज्दै जाँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको अक्षाम जोड्ने पुल भन्दा दुई सय मिटर पर रहेको लाड्नेको भीरबाट हामफालेको पुष्टि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो दुई बहिनीमा बाँधेको बरियो घरमा डोकोमा लगाइएको थियो । घरमा समय लाग्न र सबैले थहाँ पाँउने भएपछि डोको सहित त्यहाँ ल्याएको देखिन्छ । त्यहाँ डोको मात्र नभएर चप्पल पनि भेटिएको छ ।
उहाँले भन्नुभयो चप्पल डोको भेटिए पछि अन्य बेपत्ता भएका एक छोरी एक छोरा आमालाई खोज्न सजिलो भयो त्यसैका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरू खटिए पछि मंगलवार १२ बजे आमा सुकी बडुवाल र उनका छोरा १० बर्षीया ललित बडुवालको शव फेला परेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले थप दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हाम फालेको पुष्टि भएको बताउनुभयो । उहाँले भन्नुभयो पछि अनुसन्धानमा थप केही प्रमाण भेटिएलान तर पहिलो प्रारम्भिकमा हेर्दा सबैले आत्महत्या गर्न कर्णालीमा हाम फालेको देखिन्छ ।
कर्णालीका प्रदेशका प्रहरी प्रमुख घटना स्थलमा
एकै घरमा पाँच जनाले कर्णालीमा हाम फालेर बेपत्ता भएकाहरुको खोजी कार्याका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्त घटना स्थल पुग्नुभएको छ । घटना स्थलमा घटनाको प्रकृति,बेपत्ताहरुको खोजी,र स्थानीय नागरिकसंग समन्वय गरेर शवको पाष्मार्टम गरी सम्बन्धीत पक्षलाई जिम्मा लगाउँन त्यहा पुगेको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
पाँच मध्ये एक बेपत्ता चार भेटिए
कर्णाली नदिमा हाम फालेर बेपत्ता भएका जिल्लाको आठबीस नगरपालिका–३ निमाइलका ३५ बर्षीया सुकी बडुवाल उनका छोरीहरु १५ बर्षीया कल्पना वडुवाल, १२ बर्षीया सरिता बडुवाल, ७ बर्षीया रजनी बडुवाल र छोरा १० बर्षीया ललित बडुवाल मध्ये चार जनाको शव फेला परेको छ भने एक जना ७ वर्षिया छोरी रजनी बडुवालको भने शव भेटाउन सकिएको छैन ।
श्रीमान प्रहरीको नियन्त्रणमा
श्रीमती ,तीन छोरी र एक छोरा पाँच जनाले कर्णालीमा हाम फालेर आत्महत्या गरे संगै मृतक सुबी बडुवालका श्रीमान मानसिह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख श्रेष्ठले भन्नुभयो स्थानीय नागरिकका अनुसार श्रीमान मदिरा सेवन गर्ने र घरमा विबाद हुने कुरा आएको छ । त्यसलै यो घटना घट्न गयो वा अन्य कुनै कारण हो त्यो अनुसन्धान गर्न पनि नियन्त्रणमा लिनु पर्ने भएका कारण अहिले इलाका प्रहरी कार्यालय राकमकर्णालीमा राखेको बताउनुभयो । उहाँले मृत्यु हुने त मृत्यु भइसक्नुभयो अब उहाँलाई कसरी हुन्छ मानिसक रुपमा सक्षम बनाएर घटनाको अनुसन्धान गर्छौं ।
पोष्टमार्टमका लागि अक्षाम पु-याइयो शव
कर्णाली नदीमा सोमवार र मंगलवार दुई दुई जनाको शव भेटिए सँगै पोष्र्टमार्टमका लागि अक्षाम पु¥याइएको छ । प्रहरी प्रमुख श्रेष्ठले सोमवार भेटिएका १५ बर्षीया कल्पना वडुवाल, १२ बर्षीया सरिता बडुवालको शवलाई पोष्टमार्टम गर्न अक्षाम पु¥याइएको र अन्य दुई जना आमा ३५ वर्षिय सुकी बडुवाल र १० बर्षीया ललित बडुवालको शव पनि पोेष्टम्यार्टमका लागि पठाउने तयारी गरेको बताउनुभयो ।
खोजी कार्य जारी
कर्णाली नदिमा हाम फालेका पाँच जना मध्ये चार जनाको शव भेटिए पनि एक जना भने बेपत्ता छन । बेपत्ता हुनेमा सात वर्षीय छोरी रजनी बडुवाल रहेको स्थानीय सुरेन्द्र कार्कीले जानकारी दिनुभयोे । उहाँले स्थानीय युवाले डुङ्गाको सहयोगमा छाताको क्रङले निर्माण गरिएको स्थानीय भाषमा च्याउसो भन्ने सामाग्रीको प्रयोग बाट बेपत्ता शव पत्ता लागेको र एक जनाको खोज्ने क्रममा जारी रहेको बताउनुभयो ।
प्रहरी प्रमुख श्रेष्ठले भने स्थानीय र नेपाली सेना नेपाल प्रहरी, शसत्र प्रहरीले खोजी गरिहरको र नभेटिएको खण्डमा काठमाडौ र जुम्ला बाट गोतर बोलाउने तयारी गरिरहेको बताउनुभयो ।