पढ्नै पर्ने | फोटो फिचर |

फेवाताल परिसरमा सौन्दर्य थप्न राखिएका कलात्मक छाता (फोटो फिचर)

तारा चापागाई
कास्की, चैत ७ गते । पोखराको महानगरपालिका ६ क्याम्पिङ चोक स्थित फेवतालमा सौन्दर्यका लागिि कलात्मक छाता राखिएको छ । सौन्दर्यलेसँगै फोटो खिच्नेको भीड लागेको छ । पोखरा महानगरपालिकाले यहि चैत १ गते फेवतालको दृश्यावलोकन गरे वापत लिने शुल्कका लागि नाइस नेपाल कन्ट्रक्सनकासँग १९ लाख १९ हजार ९ सय १ मा को सम्झौता गरेको छ ।

सम्झौता दुइ वर्षका लागि रहने पोखरा महानगरपालिकाका सूचना अधिकारी भरत पौडेलले जानकारी दिनुभयो । कन्ट्रक्सनका मेनेजर सानु भाइ पौडेलले कोभिडका कारण पर्यटकको संख्यामा कमि आएपछि पर्यटक आर्कषण बढाउन छाता राख्ने कन्सेफ्ट ल्याएको बताउनुभयो ।

“ठेक्काको काम भएकोले कोभिडले गतवर्ष हामी घाटामा थियौ“ अन्य अम्रेला राखेको ठाँउमा मानिसको आर्कषण बढेको देख्दा, हामीले पनि राखौन भन्ने लागेर राखियो, अहिले पर्यटकको संख्या भने ४० प्रतिशतले बढेको छ ।, पौडेलले भन्नुभयो पहिलाे दिनमा करिव दुइर्स य जनाले अवलोकन गर्ने भने अहिले तीन सयदेखि चार सय जनासम्म आउने गरेको पौडेलले बताउनुभयो ।

काठमाडौबाट पोखरा घुम्न आएका अर्जुन आचार्य कलात्मक छाताले फेवतालको सौन्दर्यतामा थप आर्कषक बनाएको बताउनुभयो ।