पढ्नै पर्ने |

काम ९० प्रतिशत सम्पन्न, वर्षा लाग्ना साथ पानी संकलन थालिने

छेटु शेर्पा
काठमाडौं, बैशाख १ गते । काठमाडौं उपत्यकाको संस्कृतिक महत्व बोकेको बागमती नदीमा प्रति सेकेन्ड ४० लिटरका दरले पानी खसालिने भएको छ । बागमती नदीको सभ्यतालाई बचाउन वागमती सुधार आयोजनाले नदीको शीरमा धापड्याम बनाएर पानी संकलन गरी वागमतीमा खसाल्ने काम अन्तिम चरणमा पु¥याएको छ ।

आयोजनाका इञ्जिनियर रामबाबु प्रसादका अनुसार ड्याम निर्माणको काम ९० प्रतिशत सम्पन्न भएकाले यसै मनसुनको शुरुवात देखिनै ड्याममा पानीजम्मा गरी वागमतीमा बगाउन शुरु गर्ने बताउनुभयो । बागमतीमा पानीको वहाव नहुदाँ उपत्यकाको सांस्कृतिक पक्षमा मात्र नभएर वातावरणीय पक्षमा समेत प्रभाव पारेको भन्दै तत्कालपानीको बहाव बढाउने तयारीमा पुगेको इञ्जिनियर प्रसादले जानकारी दिनुभयो ।

बाग्मतीको मुहान क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र रहेको मूलखर्कमा १२ दशमलब ४ हेक्टर जमिनमा २४ मिटर अग्लो धाप बाँध लगाएर पानी सञ्चय गरिन्छ । ड्याम क्षेत्रमा पानीको मुहान समेत रहेको र मनसुनमा पानीजम्मा गरेर हिउँद महिनामा वागमती नदीको बहावलाई स्थिर राख्न प्रतिसेकेन्ड ४० लिटरका दरले पानी प्रवाह गरिने आयोजनाले जनाएको छ ।
यो योजनाकरिब ५२ करोडको लागतमागोन्जाओ लामा रमन जेभिकम्पनी शुरु गरेको हो । ड्याममा आठ लाख ५० हजार घनमिटर पानी संकलन गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । वर्सेनि बागमतीमा पानीको वहाव घट्नु र प्रदूषण बढ्दै गए पछि वागमती सभ्यता नै लोप हुने खतरा बढ्न थाले पछि सरकारले वागमती सुधारका लागि २०७१ मा ठेक्का लगाएर बाँधनिर्माण शुरु गरेको थियो ।

धाप ड्याममा सञ्चित पानी नागमती खोला हुँदै बागमती नदीमा मिसाइने छ ।आयोजनाले वागतीमा पानीको वहाव बढाउन दोस्रो नागमतीबाँध समेत निर्माण गर्ने तयारी थालेको छ । सो बाँधकालागि वातवरणीय प्रभावको मूल्याङ्क प्रक्रिया पूरा गरी मन्त्रालयबाट डिजाइन प्रक्रिया शुरु भईसकेको इन्जिनियर प्रसादले बताउनुभयो । नागमतीमा बाँध ९० मीटर अग्लो र ८० लाख घनमिटर पानी जम्मागर्ने क्षमताको रहेको छ । बाँधबाट दुई दशमवल १२ मेगावाट विद्युतसमेत उत्पादनगर्न सकिने गरी काम अघि बढाएको छ ।

एतिहासिक महत्व समेत बोकेको बागमती नदीको अस्तित्व मेटिदै गए पछि सरकारले वागमतीनदी सुधारका लागि विसं. २०५१ देखि वाग्मती सुधार आयोजना सुरु गरेको छ । वागमती नदी प्रणालीलाई संरक्षण र व्यवस्थापन गर्न एशियाली विकास बैंकको अनुदानतथा ऋण सहयोग गरेको आयोजनाले जनायो । आयोजनाको कार्यान्वयन नेपाल सरकारको सहरी विकास मन्त्रालय, जल तथा उर्जा आयोग, सिंचाइ विभाग र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति मार्फत बाग्मती क्षेत्रमा काम भइरहेको छ ।

शिवपुरी क्षेत्रबाट उत्पन्न हुने वागमती नदीको सुन्दरिजलदेखि चोभारसम्म गरी करिव ३५ किमि लम्वाइ रहेको छ । मुहानदेखि चोभारसम्मनदीको जलाधार क्षेत्र पाँच सय ८५ वर्ग किमीमा फैलिएको र वर्षाको बेला नदीमा सरदर दुई सय ७४ र सुख्खा याममा सरदर १६ क्युसेक पानी बग्ने गरेको आयोजनाको तथ्याङक छ । तर उपत्यकाको बढ्दो जनसंख्या र शहरीकरणले फोहरमैला र ढलले गर्दा बागमती नदीमा प्रदूषणको सीमा नाघेको छ ।