पढ्नै पर्ने |

मन्त्रिपरिषद्को बैठक सम्पन्न, हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

सपना थामी 
काठमाडौं, वैशाख ६ गते । सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकले हिउँदे अधिवेशन समापन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । हिउँदे अधिवेशन दिउँसो १ बजेदेखि समापन हुनेछ भने समापनको पत्र राष्ट्रपति कार्यालयमा पेश भइसकेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
यसपछि बर्खे र बजेट अधिवेशनको बैठक भने यही वैशाखको दोस्रो साता बोलाइने उहाँले जानकारी दिनुभयो ।