प्रहरीमा सङ्क्रमण बढ्दाे, कुल ९३ प्रहरी सङ्क्रमित
आशा साह
काठमाडौं, वैशाख १४ गते । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण भएको छ । योसँगै सोमबारसम्म नेपालभर ९३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताउनुभयो ।
उहाँका अनुसार अहिले मुलुकमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढ्दै गएसँगै प्रहरी अधिकारीहरु पनि सङ्क्रमित हुने सङ्ख्या बढ्दै गएको हो । ‘सङ्क्रमतिक प्रहरीहरुको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।’ उहाँले गोरखापत्र अनलाइनलाइ बताउनुभयाे ।
यसैगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जना प्रहरीमा पनि सङ्क्रमण देखिएको छ । रानीपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले कार्यालयमा कार्यरत प्रहरी, ट्राफिक प्रहरीमा सङ्क्रमण देखिएको बताउनुभयो ।