लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
दीपक ज्ञवाली
बुटबल, वैशाख १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा बुझाउनुभएको हो । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमा उल्लेख छ । उहाँको राजीनामा स्वीकृत गर्ने नगर्ने भन्नेबारे भने प्रदेश प्रमुखले निर्णय गर्नुहुेनेछ ।